थप १५११ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ सङ्क्रमितको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १६५ जना र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ४५ हजार २१५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ११ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्