माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई



नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपाल एमालेमै फर्कने दाबी गर्नु भएका छन् ।

प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भन्नु भयो , “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर, पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो। यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु।” सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गर्नु भयो ।

एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि सचिव भटृराईले बताउनु भयो । उनले गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको भनिएको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउने भएकाले आफू यसको विपक्षमा उभिने स्पष्ट गर्नु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्