चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप



काठमाडौँ ।  सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप आइपुगेको छ। सरकारले खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज खोप शुक्रवार (आज) २ बजे उडानमार्फत त्रिभुवन विमानस्थल आइपुगेको हो । 

नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले २ बजे सो परिमाणको खोपलाई काठमाडौँ ल्याएको निगमले जनाएको छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाज  बिहीबार बेइजिङ गएको थियो। शुक्रबार आएको खोपमध्ये बागमती, लुम्बिनी र गण्डकी गरी तीन वटा प्रदेशमा विमानस्थलबाटै खोप वितरण गरिने छ भने बाँकी प्रदेशहरुमा शनिबार वितरण गरिने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्