अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए



एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्ष यात्री पृथ्वी फर्किएका छन् ।

उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए । चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो – १२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको जनाएको छ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो ।

सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो । पृथ्वीबाट नदेखिने त्यो भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्