सरकारले विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई विभूषित गर्ने



काठमाडौँ । सरकारले संविधान दिवस २०७८ को अवसरमा आइतबार फिल्म र सङ्गीत क्षेत्रका व्यक्तिहरूलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरूलाई मान पदवी, अलङ्कार र पदकद्वारा विभूषित गरेकी छिन् ।

कलाकारिताको क्षेत्रबाट मुलुकमा योगदान गरेको भन्दै सरकारले पदकमार्फत सम्मान गर्न लागेको हो । मन्त्रिपरिषद्को सिफारिसमा यो वर्ष ९ सय ३ जना मानपदवी र विभूषित हुँदै छन् ।

स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, गीतकार कालीप्रसाद रिजाल र कलाकार गौरी मल्ललाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । सङ्गीतकार शम्भुजित बास्कोटालाई कीर्तिमय राष्ट्रदीप पदक प्रदान गरिएको छ ।

त्यस्तै, जनसेवाश्री पदकबाट भने गायक हेमन्त शर्मा, प्रकाश सपुत, कलाकार केकी अधिकारी, अनमोल केसी, निर्देशक मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल जोगिन्दर, नृत्यांगना तेरिया मगर, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झा, गायिका राधिका हमाललाई प्रदान गरिएको छ । 

सरकारले सङ्गीततर्फ प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने सूचीमा लोकदोहोरि गायक चन्द्रप्रसाद शर्मा, दाह्री गायक कुलेन्द्र विश्वकर्मा, गायिका देवीका प्रधान, दाह्री गायिका विष्णु माझी र सङ्गीतकार कस्तुप पन्तको नाम समावेश छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई आज मानपदवी(विभूषण) दिइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्