मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ सार्वजनिक



काठमाडौँ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री गौरी मल्लको आवाज रहेको ‘सुनको कचौरी’ सार्वजनिक भएको छ।
मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा रहेको ‘सुनको कचौरी’ बोलको गीतमा राजनराज शिवाकोटीको शब्द र सङ्गीत रहेको छ। राजेश पूजा राईले निर्देशन रहेका छन्।  भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ । गीतको भिडियो रिलिज कार्यक्रममा नीर शाह, हरिवंश आचार्य र विनोद चौधरीले भिडियोको बारेमा बोलेका थिए । गीत सार्वजनिक कार्यक्रममा उपस्थित श्रष्टाहरुले गीत र भिडियोको खुलेरै प्रशंसा गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्