बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प’क्राउ



काठमाडौँ ।  बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँको बुढानीलकण्ठ घर भई बारा जितपुर सिमरा बस्दै आएका  ६७ वर्षीय कृष्णबहादुर थापालाई प्रहरीले प’क्राउ गरेको छ ।

उच्च अदालत पाटनले  २०७८।०६।०२ गते उनलाई दोही ठहर गर्दै १ करोड २५ लाख जरिवाना र १७ दिन कैदको सजाय सुनाएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सोमबार पर्सा बिरगगन्ज-१५ पूर्णिमा चोकबाट प’क्राउ गरेको हो ।

महाशाखाका अनुसार आ’रोपित थापा बैङ्किङ कसुरको जाहेरीमा दोषी ठहर भएका थिए । प’क्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा काठमाडौँमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्