‘फ्री भिषा फ्री टिकट’ भएकोले कसैलाई पनि शुल्क नबुझाउन म्यानपावरको अनुरोध



काठमाडौँ । युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नबुझाउन एक म्यानपावर कम्पनीले अनुरोध गरेको छ । 

काठमाडौँ गौशालामा रहेको देवान कन्सलट्यान्ट प्रा. लिले युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि ‘फ्री भिषा फ्री टिकट’ भएकोले कसैलाई पनि शुल्क नबुझाउन अनुरोध गरेको छ । डिमाण्डको अन्तर्वार्ता नहुँदै विभिन्न प्रलोभन देखाएर अवैध एजेन्टहरुले सोझा साझा युवाहरुबाट शुल्क माग्न थालेको गुनासो आएकोले सूचना जारी गरिएको कन्सलट्यान्टले जनाएको छ। 

“देवान कन्सलट्यान्ट मार्फत फ्रि भिषा, फ्रि टिकटमा वैदेशिक रोजगारमा जान चाहने इच्छुक र भिषा प्राप्त गरिसकेका व्यक्तिहरुले कसैसँग कुनै आर्थिक कारोबार नगर्नुहोला, यदि केही कुरा बुझ्न परेमा वा जानकारी लिन चाहेमा कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गरी जानकारी लिनुहुन हार्दिक अनुरोध गर्दछौ ।” देवान कन्सलट्यान्टले जारी गरेको सूचनामा भनिएको छ । 

देवान कन्सलट्यान्टमा  युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीको डिमाण्ड रहेको तर अन्तर्वार्ताको समय निश्चित नभैसकेको अवस्थामा अनधिकृत व्यक्तिले आर्थिक चलखेल शुरु गरेकोले सूचना जारी गर्नुपरेको जनाएको छ । 

प्रकाश राज बर्तौला ९८५१०८५३२८, खगेन्द्र खतिवडा ९८०१२४७२४५,अनिल कुमार कर्ण ९८०१२४७२९९, नितेश आचार्य ९८०१२४७२२७, बाबुराम भुसाल ९८०२०६९५९६, प्रेम प्रसाद नेपाल ९८०१२४७२२५, सुमन रिजाल ९८०१२४७२९५ तथा ०१-४४६२४३१/ ०१४४६२४३२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । साझा सवालबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्