माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बुधवार दिउँसो ३ बजे ४ बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो ।

मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ-आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो। त्यही अनुसार माओवादीको बैठक बस्न लागेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्