कल्पना र देब्सको कोसेली  ‘केवल तिमी भित्रै’  ( भिडियो )



काठमाडौँ–  स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा रहेको ‘केवल तिमी भित्रै’ बोलको  नयाँ म्युजिक सार्वजनिक भएको छ ।
यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ।

गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले सङ्गीतबद्ध गरेको यस गीतलाई दीक्षित पौडेलले सङ्गीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल  कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । मनि के राई को कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायाङ्कन र सम्पादन गरेका हुन्।

चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘एसएसओजी अफ़िसिएल’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्