कोठा भाडामा बस्दाका चुनौतीहरू



सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची -महाकाली भन्ने नेपालको राष्ट्रिय गान छ   । तर पनि हामी नेपाली नागरिक वास्तवमा मिलेर एकै मालामा गाँसिएर बस्न सकिरहेका छैनौ । कतिपय विद्यार्थीहरू आफ्नो घर बाट टाढा टाढा बसेर पढ्नु पर्ने बाध्यता हुन्छ भने कतिपय जागिर गर्नका लागि घर बाहिर अनेत्र कोठा खोजेर बस्नु पर्ने अवस्था आउँछ ।

आउँछ भन्दा पनि यस्तै नै भएको छ । “यसै क्रममा म पनि कपिलवस्तु बाट काम गर्ने सिलसिलामा बुटवल जिल्लामा प्रवेश गरे” मैले कोठा भाडा तिरेर बस्दा धेरै कुराहरू बुझ्ने मौका पनि पाए सायद म जस्तै कतिपय साथीहरू त आफ्नो समस्याहरू बाहिर ल्याउन नसकेर भित्रै आफूलाई पिडामा राखेर बस्न पनि बाध्य हुनुहुन्छ होला पनि । कति पय विद्यार्थी अनि मजदुर गरेर खाने व्यक्ति जागिर गर्ने व्यक्तिहरूको आफ्नो घरको आर्थिक अवस्था कम हुने व्यक्तिहरूलाई धेरै अप्ठ्यारो पनि परिरहेको छ र हामीमध्ये कतिपयले भोग्दै पनि आएका छौ ।

यिनी समस्याको समाधान हुने कहिले त ? समाधान गर्ने कसले ? यो प्रति भने कसैको पनि ध्यान जान सकेको छैन अनि कतिपय प्रयासहरू असफल पनि भएका छन् जस्तै विभिन्न मिडियाहरूले अन्य ठाउँबाट आएका व्यक्तिहरूलाई पानीको बिल अनि बिद्धुतको बिलहरूमा छुट दिनुपर्छ अथवा घरबेटीले समस्या बुझ्नु पर्छ भनेर पनि समाचारहरू बाहिर प्रसारण गरे तर पनि यो कार्यान्वयन हुन भने सकिरहेको छैन । किन कि घर बेटीले आफ्नो घर  बनाउँदा पनि सङ्घर्षले बनाएको हो आफ्नो घरको अधिकार पाउँछन् । यसमा पनि कोठा भाडा तोकिएको हुन्छ त्यो जसो त्यसो बसेपछि दिनै पर्ने हुन्छ हामीले । तर पानीको बिल आउँदा नदेखाउने बिलमा आए जति पैसा एउटा कोठामा बसेका व्यक्तिसँग असुल्ने अर्को कोठाबाट त्यस्तै गर्ने अनि अन्जान अशिक्षित व्यक्तिहरूलाई विद्युत्को बिल आए भन्दा धेरै भनिदिने गर्दा धेरै व्यक्तिहरू पीडित हुनुहुन्छ र त्यसमा हामी पनि पर्छौ ।

वास्तवमा भन्ने हो भने त हामी सबैले एका अर्कालाई बुझेर समस्याको समाधान गरेर अगाडि बढ्नु पर्ने हो । तर कतिपय व्यक्तिहरूमा यो चेतना अझै पनि पुगेको छैन । चाहे सानो काम गर्नका लागि बाहिर बसोबास गरोस् चाहे सरकारी जागिर गर्न चाहेँ कुनै व्यक्ती पढ्नको लागि कोठा भाडा तिरेर बसोस जे  भएता पनि कतिपय घरबेटीको नियत भने पैसा असुल्ने नै देखियो मेरो बिचारमा  एक सय प्रतिशतमा दस प्रतिशत घरबेटीले मात्रै कुनै व्यक्तिलाई आफ्नो घरको सदस्य जस्तै सम्झिएर इमानदारता देखाउछ्न होला । अझ भनौँ २०७७ साल को अन्यतिर कोभिडको महामारी एकदमै फैलियो कतिको ज्यान पनि गयो कति जना रोगले भन्दा पनि भोकले मर्ने अवस्था पनि सृजना भयो त्यो समयमा कतिपय बुझ्ने घरबेटीले कोठामा बस्ने व्यक्तिलाई भाडा नलिई पनि बसाल्नु भयो भने कतिपयले घर भित्र पस्न पनि नदिने बाहिर गएर आउने बित्तिकै कोभिड नै बोकेर आयो भन्ने खालका कुराहरू गर्ने कोठामै बस्न नदिने जस्ता अभद्र व्यवहार पनि देखाउनु भयो । तर पीडितले गर्ने के त न्याय पाउने कहाँ त? यो समस्या बाहिर लियौ भने भोलि हामीलाई घरधनीले बाहिर निल्दिने पो हो कि भन्ने डरमा बस्ने पनि गर्नुभयो । यस्ता चुनौतीहरूलाई हामीले लुकाएर राख्दा हामी आफैलाई पनि समस्या उत्पादन हुने रहेछ ।

म पनि बुटवलमै बस्छु कोठा भाडा त जति तोकिएर बसेको त्यति नै दिइन्छ तर पनि पानीको बिल नदेखाउने सबैलाई भाग लगाएर उठाउनु पर्छ नभन्ने बिलमा आएको पैसा एउटा कोठाबाट नै असुल्ने अर्को कोठाबाट पनि त्यसै गर्ने अनि आफूले तिर्ने के त ?? के घरधनीले पानी नै प्रयोग गर्दैनन् होला त? हो यो समस्याको समाधानका लागि हरेक प्रदेशबाट हरेक स्थानीय तहबाट  पहल गर्नुपर्ने अवस्था मैले देखे । यो भन्दैमा सबै घरधनी उस्तै हुन्छन् भन्न पनि खोजेको हैन कुनै त्यस्ता व्यक्तिहरू हुन्छन् जो आफ्नो मात्रै फाइदा हेर्ने अरूको समस्या नबुझी दिने । अझ कतिपय त कोठा भाडा अहिले छैन पछि दिन्छु है भन्दा टाउको बटार्ने समयमा नै पैसा दिइयो भने खुसी हुने गर्छन् । यस्तो कसैबाट नहोस् सायद बुझ्ने व्यक्तिले त त्यसो गर्नुहुन्न होला जो अबुझ आफ्नो फाइदा हेर्ने हुन्छन् उनीहरूले यस्तो गरेकै छन् । समस्या हरेकलाई पर्छ । जस्तो “सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली ” भन्ने राष्ट्रिय गान रहेको छ त्यस्तै बनौँ । कतिपय साथीहरू दाइ दिदिहरुले  आफ्नो समस्यालाई बाहिर ल्याउन नसक्दा पनि यस्ता समस्या आइपरेका छन् । तर यसो नगर्नुहोला जति नबोलेर बस्यो त्यति नै आफू दबाबमा पर्ने गरिन्छ । समस्यालाई बाहिर लिँदा केही समाधानका उपायहरू भेटिन पनि सक्छन् । म पनि रुपन्देहीमा विगत केही समय देखि कुनै मिडियामा आबद्ध छु घर बाहिर बसेर काम गर्दै छु । यसै क्रममा मैले म बसेकै घर अनि मेरा साथीहरू बसेको घरबेटीहरूले गरेको व्यवहारका कारण मलाई यसरी समस्या लुकाउन हुँदैन है भन्ने लागेको छ  । जे होस् सम्बन्धित निकायले घर बाहिर बसेर पढ्ने जागिर गर्ने व्यक्तिलाई पानीको बिल बिजुलीको बिल देखाएर सबैलाई भाग लगाएर उठाउन आग्रह गरोस्  । यसो गर्नाले कोही मर्कामा पनि पर्दैन । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्