प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने छ



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

महराका अनुसार भोलि राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनेछ । ‘भोलि बस्ने संसद् बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई अर्को विधेयकबाट प्रतिस्थापन गराउने तयारी छ,’ महराले भने । अध्यादेश प्रतिस्थापन गराएपछि जसपाले मन्त्री बनाउनेहरूको नाम दिनेछ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराएका थिए। वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्