एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम आजबाट खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?



काठमाडौँ ।  २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ । बोर्डले कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न’ भनेको हो । परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ।

परीक्षार्थीको फाराम १० मङ्सिर भित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ भने १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्