अनाथ बालबालिका सहयोगार्थ कार्यक्रममा “भिटेन”  दाङ जाँदै



दाङ ।  हिन्दु नेपालीहरू महान् पर्व विजयादशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एक दिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रीय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ जाने भएका छन् । यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा श्रोताको माया पाउन सफल चर्चित गीत “फुल बुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक प्रकाश घर्ती मगरले जानकारी दिनुभयो ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचित गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,मोडल विजय पुन, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रमलाई सफल पार्नका लागी आयोजक पक्षले विजया दशमीको छेकोमा सबैलाई उपस्थित हुन आग्रह गरेको छ । टिकट दर भने भि.आई.पी.रु ५०० रहने छ भने नर्मल रु ३०० रहने छ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ  विजया दशमीको छेको  पारेर एक दिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्राइजेज हो भने सह आयोजक के.एम्. फिट्नेस सेन्टर हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्