कक्षा ११ को परीक्षा भोलिदेखि



दाङ, जेठ ३१ ।

slc-300x225

राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ ।
परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् ।

बोर्डले आज पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ । शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कावा अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द(हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताउनुभयो। उहाँले विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गर्नुभयो ।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको र बोर्ड बैठकले थप निर्णय हुने जानकारी दिनुभयो। छानबिनका लागि मन्त्रालयका सचिव डा हरि लम्सालदाङ, जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ ।
परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् ।

बोर्डले आज पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ । शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका कावा अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द(हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको र त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने बताउनुभयो। उहाँले विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी गर्नुभयो ।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको र बोर्ड बैठकले थप निर्णय हुने जानकारी दिनुभयो। छानबिनका लागि मन्त्रालयका सचिव डा हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। अर्याललाई हटाइएपछि हाल उपसचिव डम्बरकुमार बतासलाई नियन्त्रकको जिम्मेवारी दिइएको छ।

शिक्षाका कर्मचारी स्थानीय तहमा जान तयार
यसैबीच, मन्त्रालयका मातहतका विभिन्न विभागीय कर्मचारी युनियनले आफूहरु स्थानीय तहमा खटिएर काम गर्न तयार रहेको तर साबिकको सेवा सर्तमा असर पर्न नहुने भनी मुख्य सचिव डा सोमलाल सुवेदीलाई ज्ञापनपत्र दिएका छन्। कर्मचारी समायोजन गर्दा निजामती सेवाको ज्येष्ठता र उचित कार्य वातावरणको मर्मलाई मूल अधार बनाउन पनि उनीहरुले माग गरेका छन्।को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। अर्याललाई हटाइएपछि हाल उपसचिव डम्बरकुमार बतासलाई नियन्त्रकको जिम्मेवारी दिइएको छ।

शिक्षाका कर्मचारी स्थानीय तहमा जान तयार
यसैबीच, मन्त्रालयका मातहतका विभिन्न विभागीय कर्मचारी युनियनले आफूहरु स्थानीय तहमा खटिएर काम गर्न तयार रहेको तर साबिकको सेवा सर्तमा असर पर्न नहुने भनी मुख्य सचिव डा सोमलाल सुवेदीलाई ज्ञापनपत्र दिएका छन्। कर्मचारी समायोजन गर्दा निजामती सेवाको ज्येष्ठता र उचित कार्य वातावरणको मर्मलाई मूल अधार बनाउन पनि उनीहरुले माग गरेका छन्।

copy by dangkhaber…………..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्