लागुऔषसहित एक महिला प’क्राउ



काठमाडौँ ।  कैलालीको धनगढीबाट प्रहरीले लागु औषध खैरो हेरोइनसहित एक महिला प’क्राउ परेकी छिन् । बुधवार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीय आशा विष्टलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, ४४ ग्राम ७७० मिलिग्राम चरेस र १२ हजार २ सय नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । आरोपी धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा डेरा लिएर बस्दै आएकी छिन् ।  

प’क्राउ परेका महिलामाथि लागु औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्