अति विकट क्षेत्रमा समाज सेवी चौधरीको पहलमा आँखा शिविर सम्पन्न 



सिरहा लहान –  स्वर्गीय सङ्गीता स्मृति प्रतिष्ठान लहानद्धारा समाज सेवी तथा नेपाली काङ्ग्रेस चौधरीको पहलमा निशुक आँखा शिविर सम्पन्न भएको छ। लहान नगरपालिका वडा नम्बर १६ बर्दमारको जनता आधार भूत विद्यालयमा शिविर सम्पन्न भएको छ।

लहान नगरपालिका १६ अति विकट क्षेत्र रहेकोले उक्त ठाउँ शिक्षा स्वास्थ्य र यातायातको निकै काठनियाई रहेको छ। निमुखा समुदायको अवाज बन्दै समाज सेवी चौधरीले सबैले संसार हेरौँ भने उद्देश्यले उक्त शिविरको आयोजना गरेको हो। उक्त ठाउँमा लहान नगरपालिकाले विकासको नाउँमा केही नै देखिएको छैन ।

लहान नगरपालिका वडा न-१६का अति बिकट ठाउँ रहेको हो । उक्त ठाउँमा यातायातको साधनबाट निकै टाढा रहेको भसुवा,भूम्रे,देउराली,डुम्रे र बर्दमारका गरिब, विपन्न, असहाय तथा एकल महिलाहरूलाई नि.शुल्क आँखा शिविर सञ्चालन गरेका छन् ।

कोरोना कहरको समयमा गरिब,असहाय,विपन्न तथा एकल महिलाहरूलाई स्व.सङ्गीता कर्माचार्यले गरेका सहयोग निरन्तरता दिनका लागी सङ्गीताको सम्झनामा असोज २२ गते का दिन लाई सम्झेर प्रत्येक महिनाको २२” गतेका दिन समाजमा विभिन्न किसिमका सहयोगहरू गर्ने गरेका छन्।

उक्त शिविरमा ८६ जना आँखा बिरामीले ओपिडी जाँच गराएको थियो भने ४५ जनालाई औषधी दिएका हुन्, र १६ जनालाई चस्मा सहयोग गरेका थियो भने २५ जनालाई मोतियाबिन्दको शल्यक्रिया गर्ने गर्नु पर्ने शिविरमा खटिएका डाक्टर राज कुमार यादवले जानकारी दिनु भयो।

उक्त शिविरमा उपस्थित बिरामीहरूले सेवा प्रदान गर्दै खुसी हुँदै आयोजक संस्थालाई बधाई दिएका थिए। सम्बन्धित वडाका अध्यक्ष गरुल बहादुर जर्घा मगरले कार्यक्रमको उद्घाटन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्