मानिस “पासोलागी” मरेको डोरी महंगोमा बेच्ने भन्दै सुनकोठीमा महिलाको ह त्या




काठमाडौँ । गत भाद्र /२५ गते बिहान ०६:३० बजे ललितपुर महानगरपालिका–२७ स्थित सुन कोठीमा नुवाकोट घर भएकी ४५ वर्षीय कमला तामाङको हत्या भयो । टहरोमा एक्लै बस्ने कमलाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका नयाँ बस्ती बस्ने २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका ललितपुर महानगरपालिका-२८, हरीसिद्धि बस्ने २० वर्षीय सुमन मगर छन् ।

महानगरीय अपराध महाशाखा, मीन भवनबाट खटिएको टोलीले अनुसन्धानको क्रममा  मोरङ घर भएका सुमन मगर गत सोज २१ गते पक्राउ गरिएको थियो । सुमनको प्रारम्भिक बयानको आधारमा उक्त घटनामा संलग्न सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरूले योजनाबद्ध रूपमा कमलाको हत्या गरी मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार रहेको उनीहरूलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्