कुवेतको सेटिङ नमिलेपछि महिलाहरु दुबईमै रोकिन थाले



युएई : वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुराउने योजनामा लगिएका दर्जनौँ नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक युएईमा रोकिएका छन् । मानव तस्करहरूले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा युएई पु¥याएका हुन् । खास गरी कुवेत पठाउने भन्दै  दुबई ल्याइएका महिलाहरू सेटिंग भत्किए पछि यहीँ अलपत्र पर्न थालेका हुन् ।

 खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषण रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता सरकारले  घरेलु कामको वर्गमा  जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन । 

 तर, कुवेत लगायतका देशमा घरेलु कामदारको माग अत्यधिक बढेपछि मानव तस्करीमा संलग्न गिरोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै युएईका बिभिन्न सहरमा लैजाने गरेको बताइएको छ ।हाल युएईमा थुप्रिएका महिलाहरूलाई पनि भिजिट भिसा र तेस्रो  मुलुकका विमानस्थल हुदै लगिएको बुझिएको छ ।

 पछिल्ला दिनमा खाडीलगायतका मुलुकमा लगिएका महिलाको सङ्ख्या बढ्दै गएको युएईमा कार्यरत नेपालीका संस्थाका प्रतिनिधिहरूले मध्याह्नलाई बताएका छन् । 

 विगतमा मानव तस्करीमा संलग्न गिरोहले श्रीलङ्का हुँदै लैजाने गरेकोमा पछिल्लो पटक भिजिट भिसामा सिधै या थाइल्यान्ड लगायतका देशहुदै युएई पुराउने गरेको श्रोतको भनाइ छ । 

 कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या बढी महामारीको सङ्क्रमण नियन्त्रणमा आएपछि युएईले नेपाल सहित विभिन्न देशका नागरिक माथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । यात्रामा सहजता आएपछि नेपाली महिलालाई अवैधानिक रूपझलैजाने क्रममा तीव्रता आएको र त्यसमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही कर्मचारी, एयरलाइन्स र ट्राभल एजेन्सीका कर्मचारीले सेटिङ गरेर पठाउने गरेको  बताइएको छ ।

 पछिल्लो समय घरेलु कामदारको नाममा महिलासँगै पुरुष कामदारको पनि तस्करी भइरहेको श्रोतले बतायो । खाडीका कुवेत र साउदी अरबमा घरेलु कामदारको माग उच्च रहेको छ । कुवेतका ८७ प्रतिशत घरमा विदेशी घरेलु कामदारको उपस्थिति देखिएको छ ।

 स्थानीय समाचार पत्रहरूका अनुसार कुवेतमा मात्र ७ लाख ३२ हजार  विदेशी  नागरिक घरेलु कामदारको रोजगारीमा छन् । साउदीमा त्यसभन्दा बढीको माग रहेको छ । तर कोरोना महामारीको कारणले विदेशबाट कामदारको आपूर्तिमा अवरोध सिर्जना भएको छ ।  

 दलाल तथा मानव तस्करीमा संलग्न गिरोहले नेपाली महिला र किशोरीलाई  युएईमा ल्याएर यहा‘बाट कुवेत, किर्गिस्तान, इराक, ओमान लगायतका देशमा पठाएको प्रहरीले बताउँदै आएको छ । 

 मानव बेचबिखन मुद्दामा पक्राउ परेका अभियुक्तहरूले बयानका क्रममा युएईमा पुर्‍याएपछि कुवेत लगायतका देशमा उनीहरूको फोटो पठाउने र आकर्षक जिउढाल भएका महिलाहरूको लागि दस लाख रूपैयाँ सम्म खर्च गर्ने गरेको बताईएको छ । साभार : सुरेन भुजेल/मध्यान्ह दैनिक 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्