सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।  आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।  आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी  महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ । 

गत साताको शुक्रवार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्