मनोज गजुरेलले गरे बिवाहा भन्छन् मेरो व्यक्तिगत जीवनका बारेमा कपोकल्पित समाचार नलेखिदिनु



चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जालमा एक लामो पोस्ट गर्दै गजुरेलले आफूले विवाह गरेको जानकारी दिएका छन् । मञ्जु पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । उनको ४ वर्ष अगाडि मिना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो ।    जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ ।

मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिलेकानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसै गरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो । यी दुवै अवस्थामा साइदिने सहयात्रीको अभाव समय क्रममा खड्किँदै आयो । बाबु नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलजीसँग मेरो चिनजान हुन पुग्यो । बिस्तारै हाम्रो घनिष्ठता बढ्न थाल्यो । एक खालको परिवेश र उस्तै खालको भोगाई बाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ ।
एकर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आई पर्ने सु:ख/दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने सङ्कल्प लियौँ । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीये पनि ठुलो मद्दत गर्‍यो ।
सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला !

कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसै गरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरा पनि जोडदार रूपमा जाहेर गर्दछु ।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठुलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकट लगायत सञ्जालका प्रयोगकर्ताहरूलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गइभिर असरलाई पनि महसुस गर्नुहोला ।

अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवा आमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्