नेपाली काङ्ग्रेसले नै देशमा रूपान्तरण ल्याउँछन्: वरिष्ठ नेता यादव



महेश सिंह सिरहा लहान सिरहाको सखुवानानकारकट्टी गापा ३ मा नेपाली काङ्ग्रेसको चिया पान समारोह कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जन निर्वाचित वडा सदस्य सोने लाल चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा महासमिति सदस्य सूर्य नारायण यादवले प्रमुख अतिथि रहनु भएको थियो।

प्रमुख अतिथि यादवका अनुसार नेपाली काङ्ग्रेसले नै देशमा रूपान्तरण ल्याउँछन् र देश विकास गर्ने शक्तिको रूपमा रहेको दाबी गरेका छन्। विशिष्ट अतिथिमा देवनाथ यादव,पूर्व सभापति देव नारायण यादव,सिरहा क्षेत्र नम्बर १ का क्षेत्री सदस्य तथा सखुवानानकारकट्टी वडा २ का प्रत्याशी,तनुक लाल यादव, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य संजय कुमार यादव,अतिथिहरूमा नेता गौरी नारायण चौधरी,युवा नेता गोपाल कृष्ण यादव,बेनी सङ्घ सिरहाको पर्बक्ता तथा युवा नेता पपु यादव,लगायतका विद्यार्थी नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त कार्यक्रम युवा गोपाल कृष्ण यादवले आयोजना गरेका थिए। यादव राजनीतिमा निकै चर्चा बटुलेका छन्।
पब्लिक एम्स लहानका संचालक पशुपति चौधरी ,फुटबल प्रशिक्षक श्याम सिंह,शिक्षक सङ्घका सदस्य रामध्यान यादव, नेपाल शिक्षक सङ्घ लहान नगरपालीका कार्यसमिति सचिब भोगेन्द्र प्रसाद यादव,प्रमोद यादव,बैजनाथ यादव,बिरिन देव यादव,सकिय नेता बिरेन्द्र यादव,शिक्षक राम चन्द्र यादव,युवा नेता अन्जित यादव लगायतका व्यक्तिहरूले सुभ कामना मन्तव्य राखेका थिए। कार्यक्रममा शिक्षक राम ध्यान यादवले स्वागत मनतब्य राख्दै पार्टीको अगाडि बढाउन काङ्ग्रेस कार्यकर्ता हरुको अहम् भूमिका रहेको बताए। काङ्ग्रेस समाज बादको पार्टी रहेको उनले जोड दिनु भयो।
ने.बी. सङ्घका केन्द्र सदस्य संजय यादवका अनुसार काङ्ग्रेस पार्टी कसैको ब्यक्तीगत होईन काङ्ग्रेस पार्टी समुन्द्र हो भन्दै एमाले पार्टी अस्ताउँदो सूर्य हो अब एमाले पार्टी अस्ताई सके नेपालमा काममै न रहेको बताए । काङ्ग्रेसको देव नारायण यादव गाउँपा अध्यक्षको उमेद बार समेत रहेको थियो उक्त व्यक्तिले पार्टी हकहितको लागि निकै योगदान रहेको बताए। प्रमोद यादवका अनुसार काङ्ग्रेस कहिले नेपाली काङ्ग्रेस कमजोर नरहेको बताए।काङ्ग्रेसमा आपसी दोन्द भएको कारण उपलब्धि न भएको बताए । उक्त कार्यक्रमको सञ्चालन युवा नेता सुरेश कुमार गुप्ताले गरेको नेपाल विद्यार्थी सङ्घका सिरहा जिल्ला प्रबक्ता पपु यादवले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्