चर्चित कलाकार चौधरीलाई बचाउन आर्थिक सहयोगको आग्रह

दर्जनौँ थारु फिल्म,मैथिली एल्बमहरूमा अभिनय गरेका कलाकार चौधरी जीवन मृ'त्यु संग ल'ड्दै


महेश सिंह सिरहा लहान ३१ , असोज । विभिन्न थारु फिल्म र मैथिली एल्बमहरूमा मुख्य पात्रको रूपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपर हिट एक कलाकार अहिले जीवन मृत्यु संग सङ्घर्ष गरिरहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ लक्षणपट्टी बस्ने अन्दाजी वर्ष ३२ को नवीन चौधरी हाल कलिलो उमेरमा जीवन मृ’त्यु संग लडिरहेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ लक्षणपट्टी बस्ने अन्दाजी वर्ष ३२ को नवीन चौधरी हाल कलिलो उमेरमा जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ वर्ष देखी उनी बिरामी भएका छन् । धरान , विराटनगर को विभिन्न अस्पताल हुँदै उनलाई थप उपचारको लागि हाल काठमाडौँ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका विभिन्न रोगबाट ग्रसित कलाकार चौधरीको अहिले कान समेत सुन्न नसक्ने अवस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ । बर्छौ देखि कहिले आइसियु, कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताए ।
कालाकार चौधरीले दर्जनौँ थारु फिल्म र मैथिली एल्बमहरूमा अभिनय गरिसकेका छन् । समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको कलाकार चौधरीको सैया भ्याल जमैया , दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर , स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरूमा मुख्य पात्र ( नायक) को रूपमा अभिनय गरिसकेका छन् । छोरोको उपचार गर्दा गर्दे पारिवारिक अवस्था अति दयनीय भयकोले , सम्पूर्ण कलाकारहरू, बुद्धिजीवी , सामाजिक अभियन्ता, समाजसेवी , सङ्घ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।
नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता न:-२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ । सहयोग गर्ने मनहरूले पैसा जम्मा गरेको भौचर `कलाकार नवीन चौधरी बचाउ अभियान´ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनुहुन अनुरोध गरेका छन् । थप जानकारीको लागि चौधरीको आमा बिशवरी कुमारी चौधरीको मोबाइल नम्बर:- ९८११७४१३१४ ,श्रीमतीको मोबाइल नम्बर – ९८१४७२२१७७ र कलाकार नवीन चौधरी बचाउ अभियान सम्पर्क नम्बर :-९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ । बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रूपमा रहेको कालाकार चौधरीको करिब ४ वर्षीय एउटा छोरी छन् ।
Write to Saru Sunar
Aa

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्