एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने



काठमाडौँ । नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ। देशैभरका वडाहरूमा एकै दिन एकै दिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ । एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ।सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो ।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्