नवलपरासी पूर्वको अरुणखोलानजिकै बस दुर्घटना, ४२ जना घाइते



कावासोती । महेन्द्र राजमार्गको अरुणखोलानजिक यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्य विन्दु नगरपालिका–१०, अरुणखोला र दम्किबास बिचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्य विन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । File Photo

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्