उपत्यकामा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ?



काठमाडौँ । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडा दर आजदेखि लागू भएको हो । यससँगै काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा दरमा पनि वृद्धि भएको छ ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । उक्त भाडा दर आजदेखि लागू भएको हो ।

अब उपत्यकाभित्र यात्रुले ५ किलोमिटरसम्मको यात्रा गर्दा न्यूनतम भाडा रु १८ तिर्नुपर्नेछ भने १० किलोमिटर सम्मको यात्रामा २३ रुपैयाँ लाग्नेछ । यसै गरी १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटरसम्म ३० तथा २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा कायम गरिएको छ । तर यसमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्