सिरहाको विष्णुपुर गाउँपालिकामा ३ दिने विष्णु मेला सुरु 



सिरहा लहान – सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित विष्णुपुर चौकमा ३ दिने विष्णु मेला सुरु भएको छ । प्रत्येक वर्षको कार्तिक १ गते देखि  ३ गते सम्म मेला लाग्ने गरेको छ । प्रारापुर्व काल देखि उक्त ठाउँमा विष्णु भगवानको मन्दिर रहेको स्थानीय बुढा पाकाहरूको भनाई छ।विगतमा फुईसको छानो रहेको उक्त छानोमा विष्णु भगवानको आस्था रहेको स्थानीयको भनाइ छ। 
 
यस वर्षको पूजा स्थानीय समाज सेवी तथा धार्मिक आस्था बोकेका धार्मिक व्यक्ति सरोज कुमार यादवले पूजाको सम्पूर्ण  सामग्री उनले व्यवस्था गर्दै पूजामा समेत बसेका थिए। २०५९ सालमा सिद्धी बाबाको विशेष पहलमा मन्दिरको सिल्यानास भएको हो। बाबा सिद्धिको समाजमा निकै नै देन रहेको छ।हाल मन्दिरको २० वर्ष पुरा भएको हो।प्रत्येक वर्ष कार्तिक महिनामा मन्दिरलाई नयाँ रङ्ग रोहण गर्ने गरेको हो।

मेला सुरु हुनु अगावै मन्दिरलाई दुलही झैँ सिङ्गगारीने गरेका छन्।चौकमा नयाँ पसल सञ्चालन सँगै मानिसहरूको चहल पहल बढ्ने गरेको देखिन्छ। मेला कार्तिक १ गते देखि कार्तिक ३ गते सम्म लाग्ने गरेको मेला समितिको अध्यक्ष तालेश्वर यादवले जानकारी दिनु भयो । 
उक्त मन्दिर निकै शक्तिशाली रहेको स्थानीय धर्म प्रति आस्था वान समाज सेवी सरोज कुमार यादवले जानकारी दिनु भयो।उक्त मन्दिरबाट छिमेकी गाउँ विष्णुपुर, हरिनगर,राजपुर, थल्हा,रजोखैर,लक्ष्मीपुर,सोभापुर,गौरीपुर,नरहा,पदमपुर,देवीपुर,ब्रहमपुरी,बर्छ्वा,बलुवा लगायतका गाउँका व्यक्तिहरूले मन्दिरबाट धार्मिक शक्ति पिठको रूपमा चर्चित मन्दिर रहेको हो।
विष्णु मन्दिरबाट दर्जनौँ गाउँका व्यक्तिहरूले धार्मिक आस्था बोक्दै लाभ उठाउने गरेका छन्। प्रत्येक वर्ष कार्तिक १,२,३ गते मूर्ति दर्शन र पूजा गर्नेहरूको निकै भिड लाग्ने गरेको छ।

मन्दिर प्रति स्थानीयको विश्वास :- सिरहा माडर भन्सार जोडने मुख्य सडकमा पर्ने गरेको मन्दिर हो।मन्दिर भएको चौकमा गाडी एक्सिडेन्ट् ,छोरी जस्ता जोखिमपुर्ण चुनौतीपूर्ण गलत क्रियाकलाप गर्ने व्यक्ति केही दिनमा स्वंम कुस्लस्त हुने गरेको स्थानीयहरूको विश्वास छ।

गाडी एक्सिडेन्ट् भए पनि मृत्यु जस्ता चुनौतीपूर्ण जीवनको सामना नगर्नु पर्ने भगवान् विष्णु प्रति आस्था र जनविश्वास रहेको छ। उक्त स्थानमा विष्णु मन्दिर भएकै कारण उक्त चौकको नाम  विष्णुपुर चौक नामकरण गरिएको छ भने गाउँपालिकाको नाउँ पनि सोही भगवानको नामा पालिकाको नाम नामाकर्न भएको स्थानीय वसन्त कुमार यादवले जानकारी दिनु भयो । अगामी वर्षमा विष्णु मेला लाई विष्णु मोहोत्सबको रूपमा परिवर्तन गर्ने स्थानीय समाज सेवी सरोज कुमार यादवले जानकारी दिनु भयो।

मन्दिर पुजारी गर्भु दासका अनुसार प्रत्येक वर्ष मेलामा मैथिली काला संस्कृति नित्य सँगै पहलमानी समेत हुने गरेको    पुजारी दासले बताए।पहलमानी २ र ३ गते बेलुका २ बजे देखि सुरु हुने भएको छ।नेपालको बारा,पर्सा,बिरगंज लगायत छिमेकी मुलुक भारतका जामुकासमिर,बनारस लगायतका चर्चित पहलमानहरुको कुस्तीमा सहभागीता रहेको छ। कुस्तीमा बिजय हुने पहलमानलाई नगद सहित सिल्ड प्रमाणपत्र सहित धन्यवाद दिने समाज सेवी सरोज कुमार यादवले जानकारी दिनु भयो ।

मेला समितिका पदाअधिकारीहरु :- अध्यक्षमा तालेश्वर यादव उपाध्यक्षमा सुरेन्द्र यादव,कोषाध्यक्षमा वीरेन्द्र कुमार यादव ,सचिवमा रामतपेश्वर साह सदस्यमा वसन्त कुमार यादव,अभै महतो,जोगी यादव,दीपेन्द्र यादव लगायतका व्यक्तिहरू रहेका आयोजकले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्