फुजेलबाट बेनिघाट जाँदै गरेकाे बोलेरो जीप दु’र्घटना : ५ जना घाइते



गोरखा । गोरखाको गण्डकी गाउँपालिका फुजेलबाट बेनिघाट जाँदै गरेको बोलेरो जीप दु’र्घटना हुँदा ५ जना घाइते भएका छन्। मङ्गलवार दर्बुङबाट बेनिघाट जादै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो गण्डकी गाउँपालिकाको मलेओडारमा नजिकै ब्रेक फेल भइ दु’र्घटना भएको घ्याल्चोक प्रहरी चौकीले जनाएको छ । 

दु’र्घटनामा घा’इते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिपमा १५ जना सवार थिए । क्षमताभन्दा बढी लोड हुँदा बोलेरो दु’र्घटनामा परेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । 

बोलेरोको ब्रेक फेल भएपछि चालक राजु थापाले गाडीलाई भित्तामा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए । गण्डकी गाउँपालिका भित्र चल्ने राताे नम्बर प्लेटका बाेलेराे जीपहरुले २० जनासम्म मानिसहरु राखेर ओसार-पसार गर्दै आएका छन् । यहि सडकखण्डमा गत असोज २६ गते पनि जिप दुर्घटना हुँदा १४ जना घाइते र तिन जनाको अवस्था गम्भिर रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्