शाहरुख खान छोरा आर्यनलाई भेट्न पहिलोपल्ट हिरासत पुगे



एजेन्सी । बलिउड अभिनेता शाहरुख खान मुम्बई क्रुज पार्टी केसमा प’क्राउ गरिएका छोरा आर्यन खानको अवस्था बुझ्नका लागि बिहिबार बिहान मुम्बईको आर्थर रोड जेल पुगेका छन् । केही दिनदेखि जेलमा रहेका छोरालाई भेट्न शाहरुख पहिलोपल्ट हिरासतसम्म पुगेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आर्यन खान पछिल्लो १४ दिनदेखि आर्थर रोड जेलमा बन्द छन् । 

छोरासँग भेटेर शाहरुखले १५ मिनेट कुरा गरे। भेटेर निस्किँदै गर्दा उनी मीडियासँग तर्किए। हिजो सेसन कोर्टमा आर्यनको जमानत याचिका खारेज भएको थियो । आर्यन अझै केही दिन जेलमा बस्नेछन् ।

आर्यन खानको मुद्दामा लागु औषध ब्युरोले जमानतको विरोध गरिररहेको छ । ब्युरोको सबै दाबीहरू खासगरी ह्वाट्स एप च्याटमा आधारित छन् । अब आर्यनको जमानतका लागि उनका वकीलले उच्च अदालतमा याचिका दायर गरेका छन् ।  २३ वर्षीय आर्यनसहित क्रुज जहाजमा रहेकाहरुलाई लागूऔषध अनुसन्धान ब्युरोले २ अक्टोबरमा पक्राऊ गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्