धुलिखेल जिपलाइनमा रमाउँदै प्रचण्ड ( फोटोसहित )



काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् । पारिवारिक भ्रमणका क्रममा नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ। यो खेलमा पहिलो पटक ठुला नेताले रमाइलो गरेको आयोजकको भनाई छ ।

काठमाडौबाट करिब ३५ किलोमिटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।


फोटोः बिष्णु कान्त घिमिरे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्