‘गाँजाको व्यवस्था मैले गरिदिन्छु’



काठमाडौं। आर्यन खानको मुम्बइ क्रुज ड्रग्स केस मामिलामा एनसीबीले दोस्रो दिन अभिनेत्री अनन्या पाण्डेसँग सोधपुछ गर्दैछ । सूत्रका अनुसार २१ अक्टोबरमा भएको सोधपुछमा एनसीबीले कैयौं अहम प्रमाण प्राप्त गरेको छ । यसमा सबैभन्दा ठूलो लिंक आर्यनको अनन्यासँगको च्याट हो । अनन्यालाई शुक्रबार ११ बजे एनसीबीमा बोलाइएको छ ।

एनसीबी सूत्रको हवाला दिँदै भारतीय मिडियाले बताएअनुसार आर्यन खान र अनन्या पाण्डेको च्याटमा एक ठाउँ आर्यनले अनन्यासँग गाँजाका विषयमा कुरा गरेका छन् । आर्यनले अनन्यासँग ‘के गाँजाको जुगाड हुन सक्छ ?’ भनेर सोधेका छन् । जवाफमा अनन्याले ‘गाँजाको व्यवस्था म गरिदिन्छु’ भनेकी छिन् । एनसीबीले अनन्यालाई यही च्याट देखाएर सोधपुछ गर्दा जवाफमा अनन्याले आफूले मजाक गरेको बताएकी छिन् ।

एनसीबीले यस विषयमा लगातार सोधपुछ गरेपछि अनन्याले आर्यनसँग च्याटमा भएको कुरा चुरोटको विषयमा भएको बताएकी छिन् । उनले ड्रग्सका विषयमा आफूहरुबीच कुराकानी नभएको दावी गरेकी छिन् । अनन्यासँग उनले कहिल्यै ड्रग्स लिएकी छिन् भनेर सोध्दा उनले आफूले कहिल्यै पनि ड्रग्स नलिएको दावी गरेकी छिन् ।

पहिलो दिनको सोधपुछमा अनन्या पिता चंकी पाण्डेसँग एनसीबी कार्यालय गएकी थिइन् । सोधपुछ कक्षमा जानुभन्दा पहिले आत्तिएकी अनन्या पितासँग बेरिएर रोएकी थिइन् । पछि सोधपुछ कक्षमा उनी एक्लै प्रवेश गरेकी थिइन् । एनसीबीका अनुसार अनन्याले आर्यनको लागि ड्रग्सको व्यवस्था गरेको प्रमाण भने अहिलेसम्म भेटिएको छैन । साभार : डिसीनेपालबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्