अमेरिकी ड्रोन हमला : अलकायदाका वरिष्ठ नेताको मृत्यु



एजेन्सी। अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ। सिरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता अल–मातरको मृत्यु भएको पेन्टागनले जनाएको छ।

यो हमला दक्षिणी सिरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ।

मुख्य कमान्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भने, ‘उत्तर पश्चिमी सिरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गरेर गरिएको बताए। उनले अल–कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हमलाबाट बच्न सकिने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्