बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन ४ सयले बढेको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको सुन आज प्रतितोला ४ सय रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम गरिएको छ जुन शुक्रबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्