सर्वोच्चका न्यायाधीशहरुले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएको ​फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएका छन् । आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

प्रधानन्यायाधीशको कारणले समग्र न्यायपालिका विवादमा तानिएको भन्दै आइतबार अदालतमा उपस्थित १४ जना न्यायाधीश छलफलमा बसेका थिए।

प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए । तर आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरे । 

आज मध्यान्ह प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा भोलि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए। बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्