तुलसीपुर जाँदै गरेको बस दुर्घटना: २१ जना घाईते, एक जनाको मृत्यु



घोराही – घोराही तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्ती खौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बेलुका घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । गाडीमा सवार २१ जना घाईते भएका छन् भने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा घोराही उपमहानगरपालिका १० कटुकी बस्ने वर्ष २८ का प्रेम परियार रहेका छन् । घाइतेलाई उपचारको लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घोराही–तुलसीपुर जोड्ने फोर लेन सडक अस्तव्यस्त हुनुका साथै सडक भत्किएका कारण साँघुरो हुँदा सामान्य ब्रेक लगाउँदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपी काफ्लेले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्