बाडीपीडितको घरघरमा नेता ऐन महर



बझाङ । सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्लामा अविरल वर्षाले निकै क्षति पुगेको छ । जिल्लाको १२ वटा स्थानीय तह मध्ये ११ वटा स्थानीय तहमा अविरल वर्षाले निकै ठुलो क्षति गरेको पाइन्छ ,विगतको डोजर आतङ्कका कारण ठुलो क्षति भएको अनुमान गर्न सकिन्छ । साई पाल गाउँपालिकामा बाहेक अरू गाउँपालिकामा कतै मानवीय क्षति भएको छ त कतै भौतिक सग्रचना सहित खाने जग्गा मैदानमा परिणत भएको छ ।

यसै समयमा अनेरास्ववियुका केन्द्रीय पूर्व अध्यक्ष एन महर गृह जिल्ला बझाङमा पुगेर सबै स्थानीय तहमा जाँदै बाडीपीडितको मलमपट्टी बन्नु भएको नेता पङ्कज भण्डारीले बताउनु भयो । ऐन महर अहिले बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका थलारा गाउँपालिका मस्टा गाउँपालिका केदार सिउ गाउँपालिका बुङगल न पा छविस गाउँपालिका लगायत सबै स्थानीय तहहरूमा पुगेर केही राहत साेरुप आर्थिक सहयोग गरेको र सबैलाई यो बेमौसमी विपत्ति बाट सुरक्षित रहन भन्दै साहारा भएको भण्डारीले बताउनु भएको हो । महर नेकपा एमालेको एक युग युवाको नेतृत्व हाँक्ने निडर लिडरसिप व्याक्तिकाे रुपमा पनि रहनु भएको छ ।

उहाँको बसाइँ काठमाडौँ भएता पनि अहिले गृह जिल्ला बझाङमा दिन रात नभनी जनताको सेवामा खट्नु भएको छ भने धेरैको भगवान् सरह रहनु भएको उहाँको निकट नेता पङ्कज भण्डारीले हामीलाई बताउनु भयो। अहिले गाउँ गाउँमा नेता ऐन महर संविधानसभा सदस्य अफिलाल अाेखेडा ,संसार खड्का सागर भट्टराई लगायतको एमाले टोली गाउँ गाउँमा दुखिलाई राहत सहित सहारा बन्दै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्