‘रेस–४’ मा सलमानसँगै सैफ अलि खानलाई अफर



काठमाडौं । बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए । जसलाई दर्शकहरूले पनि रुचाएका थिए ।

यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो । यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन् ।

यतिबेला टिप्स कम्पनीका मालिक रमेश चौथो सिरिजको तयारीमा छन् । फिल्मलाई अघिल्लो तीनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन् ।

यसपटक फिल्मलाई रमेश आफैले निर्देशन गर्ने तयारीसमेत थालेका छन् । फिल्ममा तेस्रो भागमार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफअलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको छ । यद्यपि यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएकाे छैन । 

रेसको तेस्रो शृंखलाबाट बाहिरिदा सैफ निर्माण पक्षसँग रिसाएका छन् । किनकि अघिल्ला दुई शृंखलाले एकपछि एक गर्दै दर्शकको मन जितिरहेको थियो । फिल्ममा देखिने सस्पेन्स र थ्रिललाई दर्शकले रुचाउने गरेका छन् । दर्शकले बलिउडको हिट फ़ेन्चाइजहरूको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन् । प्रतिक्षित फिल्महरूमा क्रिस ४, धूम ४ पनि पर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्