मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै



हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछिन् । बाग्मती प्रदेशसभाको बुधबार बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेको हो ।

दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा मतदान हुनेछ।

उता विश्वासको मत लिनका लागि सबै तयारी भइसकेको पनि बाग्मती प्रदेश सचिवालयले जनाएको छ । गएको भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले आज विश्वासको मत प्राप्त गर्न नसेको अवस्थामा पदबाट हट्नु पर्नेहुन्छ र नयाँ मुख्यमन्त्रीको बाटो खुल्नेछ । उता सत्तासाझेदार गठबन्धनका दलहरुले भने नयाँ सरकार गठनको लागि यसअघि नै तयरी गरिरहेका छन् ।

शाक्यलाई राजीनामा दिन विपक्षी गठबन्धनले आग्रह गरेको थियो। तर उनले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेकी थिइन्। हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेका थिए। त्यससँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित भएको छ।

विपक्षी गठबन्धनल मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ। उनको पक्षमा ५९ जना सांसद रहेका छन्। माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना सांसद पाण्डेको पक्षमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्