राज–शिल्पाको ५० करोडको मानहानिविरुद्ध शर्लिनद्वारा उल्टै ७५ करोडको मुद्दा दर्ता



काठमाडौं । बलिउड अभिनेत्री शर्लिन चोपडाले बुधबार राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध पठाइएको जवाफी नोटिसबारे पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । पत्रकार सम्मेलन गरेर शर्लिनले राज र शिल्पाले पहिले उनलाई अण्डरवर्ल्डको धम्की दिएका थिए त्यसपछि मानहानीको नोटिस पठाएका थिए । शर्निनले राज–शिल्पालाई जवाफी नोटिस पठाएर मानसिक प्रताडनाको लागि ७५ करोड रुपैयाँ माग गरेको जानकारी दिइन् ।

उनले मुम्बइ पुलिसलाई आफ्नो बयान रेकर्ड गर्न आग्रह गरेकी छिन् ताकि उनको उजुरीमाथि कारवाही गर्न सकियोस् । शर्लिनले १४ अक्टोबरमा जुहू प्रहरीमा दर्ता गरेको उजुरीमा राज कुन्द्राको जेएल स्ट्रीम कम्पनीले तीनवटा भिडियो सुट गराएको तर वाचा अनुसार पैसा नदिएको आरोप लगाएकी छन् ।  उनले राजमाथि अंग प्रदर्शन गराएवछि कलाकारलाई पैसा नदिने गरेको आरोप लगाएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्