फेसबुकले गर्‍यो नाम परिवर्तन



एजेन्सी । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ।

फेसबुक अब मेटा नाम अन्तर्गत रहनेछ । फेसबुकले नाम परिवर्तन गर्ने उद्देश्यले गरेको कनेक्ट इभेन्टमा फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गर्ननसकेको र यसले गर्दा परिवर्तन गर्नु परेको उल्लेख गरे । कम्पनीको नाम एउटा प्रडक्टमा मात्र सिमित भएको बताए । त्यही भएर नाम परिवर्तन गर्नुपरेको जुकरबर्गको भनाइ थियो । 

उनले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोष्णा गरिसकेका छन् । सीइओ मार्कजुबर्गले आगामी भविष्यको उत्कृष्ट कार्यका लागि कम्पनीको नाम परिवर्तन गरेको प्रतिकृया दिएका छन् ।

कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।   पछिल्लो समय फेसबुकबारे विभिन्न नकारात्मक समाचार आइरहेको अवस्थामा फेसबुकले आफ्नो ब्राण्डको नाम परिवर्तन गर्ने भएको हो। अब फेसबुकको प्राथमिकतामा मेटाभर्स रहेको जुकरबर्गको भनाई थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्