सीके राउतका कार्यकर्ताद्वारा धनुषामा प्रधानाध्यापकमाथि दू’र्ब्यवहार



जनकपुर । धनुषाकाे रघुनाथपुरमा रहेकाे फकिर चन्द उच्च मा.वि. बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दु’र्व्यवहार गरेका छन् । पार्टीका कार्यकर्ताले विभिन्न मागसहित पछिल्लो ४ दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाइ नगरेको भन्दै प्रधानाध्यापकलाई शुक्रबार चप्पलले कु’ट’पिट गरेका हुन् । 

विद्यार्थीहरूले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरूले पाउनु पर्ने माग गरेका छन् । 

त्यस्तै, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरू विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरूको बृहत् भेला गरी अन्य विषयहरूमा निर्णय लिनु पर्ने लगायतका  मागहरू राखेका थियो ।

यसअघि सीके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्