नयाँ मुख्यमन्त्री नियुक्त भएपछि मुख्य न्यायाधिवक्ता थपलियाको राजिनामा




हटौंडा । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् ।

नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएका हुन् । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि राजीनामा दिए । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्