हिमानीको तिहार कोसेली  ‘जेनेरेसन’ सार्वजनिक ( भिडियो )



काठमाडौं–   विदेशमा हुर्केका र जन्मेका बच्चालाई आफ्नो चिनारी, संस्कृति र संस्कार बुझाउन चुनौती छ। नेपालीपन सिकाउन धेरै अभिभावक प्रयासरत समेत छन्।

नेपाल बाट कक्षा २ को अध्ययन पुरा गरेर अस्ट्रेलिया पुगेकी हिमानी कान नेपाली बोल्न जान्दिनन्। अभिभावक  सङ्गीत र कलाकारितामा भएका कारण उनलाई नेपाली सङ्गीतमा रुचि भयो। भर्खरै मात्र चर्चित  पर्याप्त बुलेट फ्लोको संगको सहकार्यमा उनले ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

यस   गीतमा महेश ज्ञवालीको शब्द सङ्गीत रहेको  छ भने  विशाल पौडेलले सङ्गीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का,  लोशिना लामिछाने , सोनिया महत , प्रिन्शिका श्रेष्ठ  र अलिशा श्रेष्ठकोअभिनय रहेको छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो।  आरोन कान निर्माता रहेको भिडियोलाई  ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्