राष्ट्र र समाजलाई योगदान पुर्‍याउने व्यक्तिलाई बिसे नकर्चीको नाममा सम्मान गरिने



गोरखा राज्य एकीकरण अभियानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको नामबाट सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम गरिने भएको छ । गोर्खा फाउन्डेसनले देशभरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति–व्यक्तित्वलाई  सम्मान गर्न लागेको हो ।त्यसो त दलित समुदायका लागि काम गर्ने मुख्य उद्देश्यका साथ फाउन्डेसन तयार गरिएको थियो । पछिल्लो समय फाउन्डेसनको जग बनाउँदाको जस्तो समय नभएको महसुस गर्दै संस्थाले गैर दलित र दलित दुवै क्षेत्रमा काम गर्ने जनाएको छ ।

दलित र गैर दलित बिचमा देखिएको खाल्डो पुर्नु नै संस्थाको मुख्य जिम्मेवारी हुने संस्थापक दर्नालले बताए । नेपालसँग जोड्ने देशबाहिरका केही व्यक्तिनेसमेत सम्मान पाउँदै छन् । दर्नालका अनुसार भारतको दार्जिलिङ, सिक्किम, आसामलगायतका नेपाली भाषी  दलित समुदाय लाईसमेत उक्त सम्मान गरिने छ । दलित समुदायमा हराएको आत्मा विश्वास जगाउन बिसे महत्त्वपूर्ण हुनसक्ने संस्थाको ठम्याइ छ । गोरखा दरबारमा नगरा बजाउने दमाई जातिका बिसेले गोरखा राज्य एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहलाई आर्थिक सङ्कट परेका बेला राजाबाट सल्लाह भए अनुसार आफुसङ भएको एक रुपैयाँ समर्पण गरेर राज्य भरिका १ हजार २ सय घर धुरीबाट यसरी एक एक रुपैयाँ उठाए हतियार किन्न आवश्यक रकम जम्मा हुने सल्लाह दिएका थिए । सोही अनुसार गरेर राजाले गोरखा राज्य विजय हासिल गर्न सफल भएको इतिहासमा उल्लेख छ ।

बिसेले एक रुपैयाँ दिएर र लडाइँका क्रममा फौजलाई ऊर्जा दिन कहिले नगरा बजाएर त कहिले सङ्गीत सुनाएर समेत गोरखा राज्य एकीकरणमा योगदान दिएका थिए भन्ने उल्लेख गरिएको पाइन्छ ।

गोर्खा फाउन्डेसन मुख्य आयोजक र झापाका १५ वटै स्थानीय पालिका यस कार्यक्रमका सह आयोजक बन्न आवश्यक पहल गरिएको बताइएको छ । झापाको गौरव राख्न सक्ने राष्ट्रिय स्तरको कार्यक्रम र ऐतिहासिक व्यक्तित्व नामबाट कार्यक्रम गरिने भएकोले सबै क्षेत्र, सङ्घ संस्था एवम् नागरिक समाजलाई अपनत्व हुने गरी सबैको साझा कार्यक्रमको रूपमा थालनी गरिएको पत्रकार सम्मेलन आयोजना गरी फाउन्डेसनका महासचिव रञ्जित परियारले बताए ।

कार्यक्रम पौषमा गरिने आयोजकले जनाएको छ । दुई वर्ष अघि नै गरिने भएको कार्यक्रम कोभिडका कारण स्थगित गरिएको जनाइएको छ । २०७५ सालमा गोर्खाको गितार डाँडामा विसेको सालिक निर्माण गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्