बङ्गलादेश सरकार विरुद्ध बिश्वहिन्दु परिषद नेपाल सिरहाको ध्यानाकर्षण



बङ्गलादेशमा भएको इस्लामिक जेहादीले गरेको हत्या हिंसा विरुद्ध सिरहामा सनातन हिन्दु धर्मावलम्बीहरू आन्दोलित सनातन हिन्दु धर्मावलम्बी प्रति बङ्गलादेशमा भएको इस्लामिक जेहादी विरुद्ध विश्व हिन्दु परिषद्को ध्यानाकर्षण महेश सिंह सिरा लहान २० कार्तिक- बङ्गलादेशमा भएको इस्लामिक जेहादीले गरेको हत्या हिंसा विरुद्ध सिरहामा सनातन हिन्दु धर्मावलम्बीहरू आन्दोलित भएका छन्।
विश्व हिन्दु परिषद् नेपाल र ईस्काँन नेपालले इस्लामिक जेहादी विरुद्ध विश्व हिन्दु परिषद्को ध्यानाकर्षण भएको छ। उक्त घटनाको विरुद्धमा सिरा लगायत नेपाल भरीका हिन्दु धर्मावलम्बीहरूले न्यायका लागी बङ्गलादेश सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन्। उक्त कार्यक्रमको विरुद्ध सिरहाको बरियारपट्टी गाउँपालिका ५ जिझौलमा एक दिने सनातन हिन्दु धर्म सभा एवं सामाजिक उत्थान कार्यक्रमको आयोजना गरेका थिए।

हिन्दु राष्ट्रिय स्वाभिमान जागरणको अभियन्ता सूर्य नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि परमपुज्य चिन्तामणी गौस्वामी महाराजको आतिथ्य रहेका थिए। उक्त कार्यक्रमको विशिष्ट अतिथिहरूमा विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र सिंह,पूर्व राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ समाज सेवी अमिर कुमार यादव,अतिथिहरूमा सिया राम दास जि महाराज,हिन्दु परिषद् गाउँपालिका अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वरिष्ठ समाज सेवी तथा मधेस प्रेमी गीतकार भगबत यादव, अभियानता जङ्गबहादुर सिंह वरिष्ठ चर्चित गायक राज कुमार यादव,विश्व हिन्दु परिषद् नेपालका सिरा जिल्ला सचिव शिव देब साह,नेपाल पत्रकार महासंघ सिरा सखाको जिल्ला कार्यसमिति सदस्य तथा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपालका सिरा सम्बादाता पत्रकार महेश सिंह विश्व हिन्दु परिषद् नेपालका सिरा संचार प्रमुख समेत रहेका छन्।

कार्यक्रममा हजारौं बुद्धिजीवी र हिन्दु धर्मावलम्बीहरूको सहभागिता रहेको थियो।बङ्गलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरू माथि इस्लामिक जेहादीद्धारा भएको हत्या,हिंसा र ११,१२ बर्सिए बालिका बलतकृत भएका छन्।उक्त स्थानमा रहेको ऐतिहासिक देवी देउता तथा मठ मन्दिर तोडफोड र आगजनी गरेका थिए। उक्त हिन्दु धर्मावलम्बीहरूलाई धर्म परिवर्तन लगाउनु पर्ने लगायतका सामाजिक विकृति विसङ्गति विरुद्ध एवं सनातन धर्म रक्षाको लागी एक दिने छ्लफल तथा गोष्टिको आयोजना गरेका थिए।बङ्गलादेश सरकार विरुद्ध अवाज उठाउन सम्पुर्ण हिन्दु धर्मावलम्बीहरूलाई आग्रह गरेका हुन्। इस्लामिक जेहादी विरुद्ध सिरहामा विश्व हिन्दु परिषद् नेपालले सकृय सांन्ती पुर्ण आन्दोलन गर्दै आएका छन्। विश्व हिन्दु परिषद् नेपालका सिरा सचिव शिव देब साहले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्