किसान प्रतिको विभेद कहिले सम्म: किसान अगुवा यादव



महेश सिंह सिरहा लहान २१कार्तिक- केहि हप्ता अगाडि अविरल वर्षाको कारण तराई मधेसमा एकासी आएको हुरी बतास र बिरल वर्षाको कारण तराई मधेसमा निकै जनधनको क्षेत् भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का युवा प्रभावशालीन नेता सरोज कुमार यादवका अनुसार नेपाल कृषि प्रधान देश भए पनि किसानहरूको पिडाको जौको तौ रहेको नेता यादवले बताए। किसानहरूको समस्या बुझ्ने निकाय नै मौन रहेको देखिन्छ लहान ३ का किसान फौदीलाल महतोले दुखेसो पोख्दै भने आफूले उत्पादन गरेको कृषि जन्य उपज र तरकारी बालीनालीको भाउ आफूले मूल्य निर्धारण गर्न बाट पनि वञ्चित रहेको बताए। किसानहरूलाई राज्यले नै पछाडि धकेलेको अर्थात् राज्य नै पछाडि पारेको अवस्था रहेको छ।किसानको दुःख पिडाको देखेर आफू निकै नै पिडादायी र दुःखद रहेको नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह संग कुरा गरेका थिए। किसानको उत्थान गर्ने सङ्घ संस्था र व्यक्तिहरू नै बिकाऊ रहेको देखिन्छ। नेपाल कृषि प्रधान देश भए पनि राज्यले सब भन्दा बढी बजेट कृषि क्षेत्रमा नै छुटाउने गरेको छ।राज्यले सच्चा किसानको लागी अनुदानको बेवास्ता मिलाए पनि राजनीतिकारणको कारणले गर्दा देशमा गैर किसानहरूले नै अनुदान पाएको अवस्था रहेको छ। किसान अगुवा तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका युवा जनप्रिय नेता सरोज कुमार यादवले किसानहरूले अनुदान र क्षेत्री पूर्ति नपाउँदा दुःख व्यक्त गरेका छन्। किसानहरूलाई राज्यबाट पहिलो प्राथमिकताको साथ नयाँ कृषि नीतिको माद्य्मले अनुदानको ब्यस्था गर्नु पर्ने केन्द्रिय सरकार र प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्