मन्दिर दर्शन गरेको फोटो राख्दा सामाजिक संजालको गालीले बिक्षिप्त भए – शिब परियार

म आस्थाका हिसाबले हिन्दु धर्मावलम्बी हु


मन्दिरमा दर्शन गरेको र योगी सन्तहरूको भेटघाटको फोटो राख्दा सामाजिक सञ्जालमा आफलाइ गाली र वाहवाहको वर्षा नै आएको भन्दै गाली गर्नेहरूको कारण आफू एक हप्ता बिक्षिप्त भएको गायक शिव परियारले सामाजिक सञ्जालमा लेखेका छन् ।

धर्मका सवालमा मेरा दुइटा कुरा … सामाजिक सञ्जालमा यस हप्ता मलाई धर्मसङ जोडेर अनेक सम्मान गरियो । धर्म सँगै जोडेर अनेक गाली पनि गरियो। धर्म सँगै जात जोडेर उपहास र गाली पनि गरियो ।

फेरि धर्म सँगै जात जोडेर वाह वाह पनि गरियो । धर्मको सवालमा धर्म पालन गर्ने धेरै आम मान्छेहरू मध्यको ‘म’ एउटा आम मान्छे हुँ। म आस्थाका हिसाबले सनातन हिन्दु धर्मालम्बि हुँ । हिन्दु धर्म भित्रका मानव कल्याणसङ सम्बन्धित सबै आयामहरूलाई म आत्मसात् गर्दछु । खुसी भएर स्वीकार गर्दछु, म सहिष्णु छु, अरू धर्म प्रति सदैव सहिष्णु भाव र समान सोच र व्यवहार राख्दछु ।

म सद्भाव र प्रेम मार्गी हुँ । मैले कुनै मन्दिर दर्शन गरेर फोटो राख्दा या योगी सन्तहरुसंगको भेटघाट सम्बन्धि फोटो पोस्ट गर्दा व्यक्तिगत रूपमा मलाई गाली गर्ने र मलाई वाह वाह गर्ने दुवै कुराले म यो हप्ता अलि बिक्षप्त नै भएँ । यो कुरा संग सम्बन्धित रहेर मेरा मनमा दर्जनौँ प्रश्नहरूले मेरो मन घेरी रहे ।

धर्म प्रति मान्छे किन यति दुखी ? धर्म परिवर्तन गर्ने कुरामा मान्छे किन उद्धत? अरूका धर्म प्रति आजको मान्छे किन सहिष्णु बन्न सकिरहेको छैन ? यी र यस्तै आम प्रश्न्हरुले मेरो मथिङ्गल खाई रहँदा अबको युगमा धर्म प्रति खुसी खुसी साथ मान्छेले आस्था राखोस् आफ्नो धर्म प्रति र अरूको धर्म प्रति सहिष्णु बन्न सकोस् भन्ने भावनाले केही भन्न चाहे ।

एउटा आम मान्छेले आफ्नो धर्म नै परिवर्तन नै गर्नु पर्ने त्यस्तो कठिन अवस्था किन आयो होला त? धर्म भित्रै पो खोट छ कि ? अथवा धर्मलाई राज्य, धर्म पालक र समाजले गलत रूपमा प्रयोग गरेका कारण आज आफूले मानेको धर्म प्रति वितृष्णा पैदा भएको हो कि ? धर्मलाई उपदेशात्मक रूपमा मान्नु पर्ने हो कि धर्मलाई आफू खुसी भएर मान्न पाउनु पर्ने हो ?

आफ्नो धर्ममा रमाउनु पर्नेमा धर्म भित्र मान्छे किन घुन महसुस गर्दै छ ? धर्म भित्र मान्छे किन अतिवादी भोग्न बाध्य छ ? मान्छे किन अरूका धर्मप्रति यति असहिष्णु छ ? म लगायत आम मान्छेका यी र यस्ता आम प्रश्नको निराकरण सहितको उत्तर अबका सबै धर्मका गुरुहरूले नदिने हो भने, धर्मको नाममा अतिबाट लाद्ने धार्मिक अतिवादिहरुलाई सच्याउन र उनीहरूले धर्मका नाममा फैलाएको कुरीतिका सम्बन्धमा जनचेतना फैलाउँदै धर्म हरेक आम मान्छेको लागि समान हो र धर्मले केवल मान्छे मान्छेलाई जोड्छ तोड्दैन भन्ने सन्देश प्रवाह गर्दै धर्म भित्रका कुरीति फालेर धर्म भित्रको गुदिला ब्यबाहरमा लागु गरेर धर्मको सवालमा एउटा आम मान्छे खुसी भएर बाँच्न पाउँने अवस्था सृजना नगर्ने हो भने मलाई लाग्छ कुनै पनि धर्मको अस्तित्व बच्न मुस्किल प्राय हुन सक्ला ।

सामाजिक सञ्जालमा जेन्युअन आइडी मार्फत आउने मेरा सबै साथीहरूलाई एउटा सादर अनुरोध गर्दछु ‘हामी आफ्नो धर्म प्रति सहिष्णु त छँदै छौँ अब अरूको धर्मको विषयमा पनि सहिष्णु भएर लेखौँ बोलौँ र व्यवहार गरौँ ।

धर्मले तोड्दैन धर्मले जोड्छ तर अहिले ब्यबाहारमा हामिले किन धर्मले जोड्दैन धर्मले तोड्छ भन्ने जस्तो ब्यबाहार देखिरहेछौँ ? यसबारेमा बेलैमा सम्बन्धित सबै जिम्मेवार निकाय र प्रत्येक एक आम नागरिकको ध्यान जान जरुरी देख्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्