मनकारी नेता श्रेष्ठ जन्मदिनमा सडक मर्मत



(सुनसरी) नेपाली काँग्रेस वराहक्षेत्र नगर उप-सभापति युवराज श्रेष्ठले सडक मर्मत गरेर जन्मदिन मनाएका छन् । शनिवार परेको जन्मदिनको अवसरमा श्रेष्ठले चतरा-धरान सडक खण्ड अन्तर्गत बगुवामा भएको खाल्डाखुल्डी सडकलाई ढलाई गरेका हुन् ।
नेपाल तरुण दल क्षेत्रीय उप-सभापति समेत रहेका वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोला घर भएका श्रेष्ठले सडक खाल्डो हुँदा दुर्घटनाको जोखिम बढाएको स्थानीयहरूको गुनासो गरेपछि सडक मर्मत गरेको श्रेष्ठले बताए । नगरपालिका र सडक विभागलाई पटक पटक सडक मर्मत गरिदिन आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् ।
स्थानीयवासीको आग्रहमा स्थानीय सरकार र सरोकारवालाको काम युवराज श्रेष्ठले गरिदिँदा उनीहरू खुसी देखिन्छन् । स्थानीय सरकारले स्थानीयहरूको गुनासो र आवश्यकतालाई चाड रूपमा पूरा गर्नुपर्ने नैतिक सन्देशको रूपमा ३ जना मजदुर, ४ बोरा सिमेन्ट, आधा ट्याक्टर गिटि र बालुवा खरिद गरेर सडकको जोखिमलाई हटाउन खोजेको श्रेष्ठको भनाइ छ । आइतबार गरेको उक्त सडक मर्मत कार्यमा नेपाली काँग्रेस क्षेत्र नं ४ प्रदेश सभा ‘क’ सभापति उपेन्द्रबहादुर कट्वाल, नेपाली काँग्रेस वराहक्षेत्र सभापति रमेश कार्की, राई सङ्घ सुनसरी सभापति सन्त राई , वराहक्षेत्र १ सभापति ईश्वर थापा, रामधुनि -६ सभापति आशिष् श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्