‘अल्लारे मन’ मा विकाश जोशी ( भिडियो )



काठमाडौं–  ‘अल्लारे मन’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।  यस गीतमा स्वर, शब्द र सङ्गीत   प्रत्युष श्रेष्ठको रहेको छ। पेशाले न्युरोसर्जनका रुपमा  कार्यरत  श्रेष्ठको यो डेब्यु म्युजिक भिडियो हो।

धनकुटा पहाडमा बाल्यकालमा  बिताएका मिठा सम्झनाहरूलाई समेटेर तयार पारिएको गीतमा सुजिल कर्माचार्यको सङ्गीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा बिपना थापा र विकाश जोशी बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ।

जावेद खानले छायाङ्कन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन्। छवि लाल तामाङ ( शिशिर ) को निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक श्रोतालाई आग्रह गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्