नेपाल आइडल ३ विजेता सज्जा चौलागाईको ‘आई  मिस यु’  सार्वजनिक ( भिडियो )



काठमाडौँ–  गायिका सज्जा चौलागाईको स्वरमा समावेश  ‘आई  मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यथार्थपरक यस गीतलाई गीतकार  राजश्री बस्न्यात श्रेष्ठले आफ्नै  जीवन भोगाईलाई समेटेर लेखेकी हुन्।

वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यले सङ्गीतबद्ध गरेको यस गीतलाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन्। दुई  जना  सुन्दर जवान छोरीहरू गुमानु पर्दाको पिडालाई समेटेर तयार पारिएको गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरूको भूमिका निभाएका छन्।  उत्तम हुमागाईले छायाङ्कन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो।  गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्